पशुपति शर्मालाई २५ हजार रुपैयाँ दिने काँग्रेस सांसद अमरेशकुमारको घोषणा

3.87K
shares

काठमाडौं। चर्चित लोक गायक पशुपति शर्माको गीत लुट्न सके लुट कान्छा ले संसद्मा प्रवेश पाएको छ। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा काँग्रेस सांसद अमरेशकुमार सिंहले गायक शर्मालाई २५ हजार रुपैयाँ दिने घोषणा गरे।

चर्चित गीत सामाजिक संजालमा भाइरल भएपछि सरकार समर्थित भातु संगठनको चर्को विरोधपछि शर्माले युट्युबबाट हटाएका थिए। सरकार पक्षले गीतका केही शब्द आपत्ति जनाएका छन् भने प्रतिपक्षले भने गीतको प्रशंसा गरेका छन्।

यही प्रशंसा गर्ने क्रममा सांसद सिंहले गीत राम्रो भएको भन्दै २५ हजार रुपैयाँ दिने घोषणा गरे। बैठकमा बोल्ने क्रममा उनले गायक शर्मालाई जनगायकको संज्ञा समेत दिएका छन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083