नेपाल भिख मगुवाको देश होइन : प्रधानमन्त्री ओली

5.63K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेसहाराको साथमा सरकार रहेको बताएका छन्। राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बेसहारा अब सडक नदेखिने दाबी गरे। ‘सडकमा फालिएका, बेहालसँग जिङ्ग्रिङ्ग परेको कपालको मान्छे देख्नुहुन्न। बेसहाराको लागि सरकार छ’, उनले भने, ‘कोही बेसहारा सडकमा हुँदैन।’

ओलीले नेपाल भिख मगुवाको देश नभएको बताए। ‘भिख मगुवा नेपालमा हुँदैन। यो भिख मगुवाको देश होइन’, उनले भने। प्रधानमन्त्री ओलीले सडकमा बेसहारा, रोगी, विरामी भेटिए खबर गर्न आग्रह गरे। ‘हिड्दा सडकपेटीमा लडेको दुःखी बेसहारा देख्नुभयो भने प्रहरी, सेनालाई खबर गर्नुस्। जसको कोही छैन, त्यसको सरकार छ’, उनले भने।

सरकारले कसैलाई पनि गरिबी र भोकमरीले मर्न नदिने ओलीको भनाई छ। ‘नेपालमा कोही पनि भोकै मर्दैन। किनभने यो देशमा जनताको सरकार छ’, उनले भने। धनी र गरिबबीचको खाडल भन्दा पनि गरिबी निवारण सरकारको प्राथमिकतामा रहेको प्रधानमन्त्रीको भनाई थियो।


divya collage
unigloble collage