प्रधानमन्त्री ओलीको सम्बोधन-कांग्रेसमाथि धावा,प्रचण्डको प्रशंसा

7.61K
shares

काठमाडौं। जिल्ला पदाधिकारी चयनका सकस पास लगाएको भोलिपल्ट ७० औं स्थापना दिवस बनाएको नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी नेपाली कांग्रेसमाथि निशाना साँधेका छन्। उनले ठूलो छलाङको आँट गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भने प्रशंसा गरे।

प्रतिक्रियावादीसँग घाँटी जोडेको आरोप
त्यसपछि उनले कांग्रेसमाथि धावा बोले। २००७ सालदेखि नै कांग्रेस प्रगतिशील शक्तिविरुद्ध उभिएको र प्रतिक्रियावादी शक्तिसँग घाँटी जोडेको आरोप लगाए। उनले अघि भने, ‘कांग्रेसले त्यो बाटो अहिलेसम्म सच्याउन सकेको छैन।

लगातार देशभक्त, जनवादी, वामपन्थी शक्तिसँग मिलेर अगाडि बढ्नुपर्थ्यो कांग्रेस। तर, एकाध पटक हामीले धेरै दबाव दिएर बाध्य पार्दा मात्र सहकार्यमा आउने, नत्र प्रतिक्रियावादीसँग घाटी जोड्ने गलत नीति लियो।

आफैंले गरे सरकारको प्रशंसा
प्रधानमन्त्री ओलीले कम्युनिस्ट पार्टीको सरकार हरेक दिन एक कदम अगाडि बढेको बताए। भेरी बबई भाइभर्सनको सुरुङ ‘ब्रेक थ्रू’ गर्नुका साथै वृद्धबृद्धाको स्वास्थ्य बीमालगायतको कार्यक्रम यो वर्ष मात्र सुरु गरेको उनले सुनाए।

भ्रष्टाचारको सम्बन्धमा कुनै मोलाइजा नगर्ने उनले बताए। सुनकाण्डमा सरकार सफल भएको भन्दै उनले भने, कानमा दुई लालको फुली लगाउन पाएको हुँदैन, चार आनाको औठो लगाउन पाएको हुँदैन। ३८ टन हो कि क्विन्टल।
खोइ सुन रु त्यसबेलाका सरकारले थाहा पाउनु पर्ने हो। हामीले त प्वाल टाल्यौं, कारबाही भइरहेको छ। अब सुनको तस्करी हुँदैन।

मेलम्ची खानेपानीमा ठेकदार भागेपनि मेलम्ची नै बन्दैन भन्ने नभएको उनले बताए। कम्युनिस्ट पार्टी नेतृत्वको सरकार भएकै कारण धेरै काम भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘कपडाकै पट्टी नबाँधेपनि चेतना वा आग्रहको पट्टी बाँधेपछि केही पनि भएको देखिँदैन। नभए तथ्य र आंकडाहरुले भन्छ।

अर्थतन्त्र साह्रै डामाडोल भएकाले गत वर्ष बजेटमा वृद्धभत्ता नथप्दा धेरै बाँसुरी बजेको उनले बताए। ‘अबको बजेट आएपछि के भन्लान तिनले’ बृद्धभत्ता बढ्ने प्रष्ट संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब त्यो बाँसरी पनि सकिन्छ आफ्नो सरकारले त्यो तस्करीको प्वाल झप्पै बन्द गरिदिएको उनले बताए।

त्यसपछि भनियो, खोइ सुन रु त्यसबेलाका सरकार ले थाहा पाउनु पर्ने हो । हामीले त प्वाल टाल्यौं, कारबाही भइरहेको छ। अब सुनको तस्करी हुँदैन, चल्दैन।

प्रचण्डको प्रशंसा
नेताहरुले बोल्दा तलमाथि पर्ने गरेकाले पार्टी एकतावद्ध छैन कि भन्ने चर्चा हुने गरेको बताए। केही ज्योतिषीले त यो महिना फुट्छ भनेर भविश्यबाणि गर्न थालेको भन्दै उनले भने, ‘दुईटा पार्टी मिल्छ भन्ने किन थाहा पाएन ज्योतिषीले।

सम्बोधनको अन्त्य गर्दै उनले भने, ‘विशेष गरी कमरेड प्रचण्डलाई धन्यवाद भन्न चाहन्छु, उहाँले एकता प्रयासलाई त्यही गम्भीरताका साथ नलिनु भएको भए, उहाँले फराकिलो पनका साथ ठूलो छलाङको आँट नगर्नु भए यो एकता हुने थिएन।


divya collage
unigloble collage