एकताको लागि हैसियतमा अड्कीएको चौथो बैठक

6.68K
shares

काठमाडौं । हैसियतमा अड्कीएको एकताको लागि आज चौथो बैठक एमाले र माओवादी केन्द्रबीचको दुवै पार्टीका अध्यक्ष बीच शनिबार पनि छलफल हुने भएको छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दिउँसो एक्लाएक्लै छलफल हुन लागेको हो।

यसअघि दुई अध्यक्ष बीच हिजो पनि छलफल भएको थियो। छलफल सकारात्मक रूपमा अघि बढेपनि कुनै ठोस सहमति भने जुट्न सकेको छैन। एकीकृत पार्टीको केन्द्रीय समितिमा प्रतिनिधित्वलगायतका विषयमा कुरा नमिल्दा आइतबार गर्ने भनिएको एकता घोषणा टरेको छ।

माओवादी केन्द्रले बराबरी हैसियतमा एकता हुनुपर्ने बताउँदै आएको छ। एमालेले आफू ठूलो दल भएकाले त्यसलाई स्वीकार्न नसकिने अडान राख्दै आएको छ। यसअघि दुवै पार्टीले कम्युनिष्ट पार्टीको स्थापना दिवसको सन्दर्भमा भोलि पार्टी एकता घोषणा गर्ने बताएका थिए।