किम जोङ उनलाई स्कुलका याद दिलाउन शिखरवार्तामा स्वीस परिकार खुवाने

9.56K
shares

एजेन्सी।अप्रिल २७ मा दुई कोरियाको सीमानामा रहेको पान्मुन्जोम गाउँमा उत्तर र दक्षिणका सर्वोच्च नेताबीच शिखरवार्ता हुँदैछ। शिखरवार्तामा किम जोङ उनलाई पस्किइने परिकारहरुको सचित्र सूची दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको छ। किमलाई दक्षिण कोरियाले रोस्ती नामक स्वीस आलुको परिकार पस्किने जनाएको छ। किमलाई स्कुलको याद दिलाउन उनलाई यो परिकार दिन लागिएको अनुमान गरिएको छ। किमले स्वीट्जरल्याण्डमा स्कुल पढेका थिए।

कोल्ड नुडल्स

त्यस्तै दक्षिणका राष्ट्रपति मुन जे इनको गृहसहर बुसानको माछाको परिकार पनि सूचीमा सामेल गरिएको छ।यी परिकार दुवै देशबाट आउने दक्षिण कोरियाले जनाएको छ। उत्तर कोरियाको प्रसिद्ध परिकार कोल्ड नुडल डिमिलटराइज्ड जोनमै पकाउन उत्तरका नामी सेफ झिकाइने भएको छ। शिखरवार्तामा उत्तरबाट उत्पत्ति भएको तर दक्षिणमा बढी प्रचलित मुनबायजु नामक मदिरा पनि पस्किइने छ।

रोस्ती

divya collage
unigloble collage