आज अमेरिकामा मध्यावधि निर्वाचन, ट्रम्प कार्यकालको मुल्याङ्कन हुँदै

6.81K
shares

बीबीसी । संयुक्त राज्य अमेरिकामा मध्यावधि निर्वाचनलाई राष्ट्रपति डोनल्ड ट्रम्पको प्रथम दुई वर्षे शासनप्रतिको जनमत संग्रहका रुपमा लिइएको छ। राष्ट्रपति ट्रम्पले सिनेट र हाउस अफ रिप्रीजेन्टेटिभ्समा रिपब्लिकनहरूको नियन्त्रण कायमै राख्‍ने अपेक्षा राखेका छन्। र त्यसो भएमा अमेरिका पहिले भन्ने उनको राष्ट्रवादी एजेन्डालाई अघि बढाउन सहयोग पुग्ने उनको विश्वास छ।

अर्को तर्फ डेमोक्र्याटहरू संसदको तल्लो सदनको नियन्त्रण आफूमा ल्याउन सकिने आशामा छन् र राष्ट्रपतिका आकांक्षाहरूमा अंकुश लगाउन सकिने उनीहरू ठान्दछन्। संयुक्त राज्य अमेरिकाको इस्टकोस्ट भनिने पूर्वी तटीय क्षेत्रस्थित मेन, न्यू ह्याम्पशर, न्यू जर्जी, न्यू योर्क तथा भर्जिनिया राज्यहरूमा सबैभन्दा पहिला मतदान शुरु भएको छ।

यसअघि राष्ट्रपति डोनल्ड ट्रम्पले, उनको रिपब्लिकन पार्टीप्रति समर्थन जुटाउन राष्ट्रव्यापी निर्वाचनको पूर्वसन्ध्यामा मतदाताहरूलाई मनाउन अन्तिम प्रयास गरेका थिए। आक्रामक अन्तिम तीन चुनावी र्‍यालीहरूका क्रममा ट्रम्पले भने, हामीले हासिल गरेको सबै उपलब्धिहरू दाउमा छन्। राष्ट्रपतिको चार वर्षे कार्यकालको बीचको अवधिमा अमेरिकामा मध्यावधिमा चुनाव हुने गर्दछ।

आगामी दुई वर्ष राष्ट्रपति ट्रम्पले कति प्रभावकारिताका साथ कार्यभार सम्हाल्न सक्छन् भनेर मध्यावधि चुनावले निर्धारण गर्नेछ। हालैका दिनमा राष्ट्रपति ट्रम्पले उनको मतदाताहरूको आधारभूत तहमा ऊर्जा ‌संचार गर्ने प्रयासमा विभिन्न विभाजनकारी मुद्दाहरूबारेका चर्को बयानबाजीमा तीव्रता दिएका थिए।


unigloble collage
baneshwor multiple campus ad -2083