श्रीमती हत्या गरेको आरोपमा बुढानिलकण्ठबाट १ जना पक्राउ

6.07K
shares

काठमाडौं । काठमाडौंको बुढानिकलकण्ठबाट श्रीमती हत्याको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

आफ्नै श्रीमतीको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा खोटाङ देविस्थान घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० माउण्ट कैलाशडाँडा कपन डेरा गरि बस्ने ४० वर्षीय सुबास राईलाई आइतबार राती प्रहरीले पक्राउ गरेको हो ।

सामान्य विवाद परेपछि आफ्नै कोठामा ३५ वर्षीया श्रीमती प्रमिला राईलाई सुबासले चक्कु प्रहार गरी हत्या गरेको आरोप प्रहरीले लगाएको छ ।

चक्कु प्रहारलगत्तै घाइते भई उपचारको लागि हेल्पिङ हेण्ड अस्पताल चावहिल लगिएकी प्रमिलाको उपचारको क्रममा मृत्यु भएको थियो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।


divya collage
unigloble collage