‘कमल थापाले ‘तातै खाउँ जल्दै मरौँ, गर्न खोजे’ – पशुपति शमशेर राणा

5.99K
shares

काठमाडौं । राप्रपा प्रजातान्त्रिक, राप्रपा र एकीकृत राप्रपा राष्ट्रवादीबीच हुने भनिएको एकता अन्तिम समयमा आएर अनिश्चित बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया भाँडिएको बताएका छन् । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राणाले थापाले ‘तातै खाउँ जल्दै मरौँ गर्न खोज्दा एकता प्रक्रिया रोकिएको बताएका हुन्।

उनले पार्टीको नाम, झण्डा र चिह्न टुँगो नलागी एकता हुन नसक्ने समेत बताए। हिन्दु राष्ट्र र गणतन्त्रको विषयमा सहमति भए पनि गाईलाई चुनाव चिह्न बनाउने थापाको प्रस्ताव आफूलाई अस्वीकार्य भएको राणाको तर्क छ। हिन्दु राष्ट्र बनाउने विषयमा तीनै राप्रपाबीच एकमत भएको अबस्थामा चुनाव चिह्नका सवालमा मतभेद देखिएको हो।

आफू पार्टी एकताको पक्षमा रहेको भन्दै राणाले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीसँग सल्लह गरेर मात्रै एकता प्रक्रिया टुंगोमा लाग्ने बताए। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिसमशेर राणा हुन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा हुन्। त्यस्तै एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनी हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083