ढोका बन्द गरेर विद्यालयको छात्रावासमा आगजनी : ११ विद्यार्थीको मृत्यु, २० जना जलेर घाइते

5.51K
shares

एजेन्सी । युगाण्डाको एक छात्रावासमा आगलागी भएको छ । विद्यालयको छात्राबासमा लागेको आगोमा जलेर १२ विद्यार्थीको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार युगाण्डाको दक्षिणी क्षेत्रमा पर्ने राकैमा रहेको सेन्ट बर्नाड सेकेन्डरी स्कुलको छात्राबासमा विद्यार्थी सुतिरहेको बेला आगलागी हुँदा अन्य १९ विद्यार्थी घाइते भएको छन् । उनीहरुको शरीरका विभिन्न भाग जलेका छन् ।

आइतबार राति भएको आगलागीमा दोषि भएको भन्दै केही विद्यार्थीलाई नियन्त्रणमा लिइएको छ । स्थानीय प्रहरीका अनुसार विद्यार्थीलाई भित्रै थुनेर बाहिरबाट ढोका बन्द गरी आगजनी गरिएको हुँदा ठूलो क्षति भएको हो । बाहिरबाट ढोका लगाइएको हुँदा विद्यार्थीहरुले भाग्न पाएका थिएनन् ।

कतिपय शवहरु अत्यधिक जलेर पहिचान गर्न गाह्रो भएकाले प्रहरीले डिएनए परिक्षण गर्न लगाइएको बताइएको छ । क्षेत्रीय प्रहरी प्रमुख बेन नुवामान्याले एएफपीसँगको कुराकानीमा ११ जना विद्यार्थीको जलेर मृत्यु भएको पुष्टी गरे । घाइते विद्यार्थीहरुको उपचार भइरहेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083