मोटरसाइकल दुर्घटनामा एकको मृत्यु अर्का घाइते
वि.सं.२०७५ मंसिर २३ आइतवार ११:३१
5.79K
shares
shares

काठमाडौँ । काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन्। टोखा नगरपालिका–६ मिलनचोकमा गए राति पौने १२ बजे टेलिफोनको तार भएको पोलमा मोटरसाइकल ठोक्किदा बा६५प ८०६५ नंको मोटरसाइकल चालक गोरखा घर भई बसुन्धारा बस्दै आएका २१ वर्षीय सुवास सुर्खेतीको उपचारका क्रममा मृत्यु भएको हो। गोरखाकै १८ वर्षीय सुदीप सुर्खेती भने घाइते भएका छन्।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले पोलमा ठोक्किएर गम्भीर घाइते सुर्खेतीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। दुवै जनाले मादक पदार्थ सेवन गरेको अनुसन्धानमा खुलेको र घाइते सुर्र्खेतीको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए। रासस































