गायक पशुपति शर्मालाई कांग्रेस सांसद अमरेशकुमारले दिए २५ हजार पुरस्कार

4.02K
shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्मालाई संसद भवनबाटै २५ हजार पुरस्कार घोषणा गरेका छन्।

उनले गायक शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ दिने घोषणा गरेका छन्। प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले शर्मालाई जनगायकको संज्ञा समेत दिएका छन्।

उनले दुई तिहाइको सरकारविरूद्ध यस्तो गीत गाउनुको साटो मुखमा ताला लगाएर हिँड्नुपर्ने भन्दै व्यंग्य पनि गरे। प्रतिनिधि सभा सदस्यको मासिक तलब ५५ हजार २ सय ३० रूपैयाँ हुन्छ। यसअघि गायक शर्माको ‘लुट्न सके लुट कान्छा’ भन्ने बोलको गीतका शब्दका विषय विवाद भएको थियो।

राजनीतिक दबाब आएको भन्दै गायक शर्माले गीत आफ्नो युट्युब च्यानलबाट हटाएका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गीत हटाउनु अभिव्यक्ति स्वतन्त्रताको विरोधमा भएको बताएको थियो। सामाजिक सञ्जालमा पनि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले विरोध सुन्न नसकेको भन्दै आलोचना भएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083