प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै
वि.सं.२०७५ चैत २१ बिहीवार १०:२७
4.21K
shares
shares

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीलाई बालुवाटार बोलाएका छन्। प्रधानमन्त्रीसँगको छलफलका लागि सातै प्रदेशका मुख्यमन्त्री आज (बिहीबार) बिहानै बालुवाटार पुगेका छन्।
मुख्यमन्त्रीहरुसँग प्रधानमन्त्रीले प्रदेश सरकारले गरिरहेको कामका विषय छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
आजको छलफलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बारा र पर्साका हावाहुरी पीडितको राहत र पुर्नवासका लागि सरकारसँग माग गर्ने बुझिएको छ।
हावाहुरीले ठूलो जनधनको क्षति पुर्याएपछि भोलिपल्ट बिहानै (सोमबार) बसेको प्रदेश २ सरकारले राष्ट्रिय शोक मनाउन केन्द्रीय सरकारसँग माग गरेको थियो।




























