डडेल्धुरामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, २६ घाइते
वि.सं.२०७६ वैशाख ११ बुधवार ०९:३८
6.42K
shares
shares

डडेल्धुरा । डडेल्धुराको भिदत्तराजमार्गको साउखर्कमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजे तिर बस दुर्घटना भएको हो।
धनगढीबाट बझाङका लागि छुटेको कर्णाली रिभर यातायातको ना ६ ख १८३१ नं को बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले पुष्टि गरे। प्रहरीले घटनास्थल पुगेर घाइतेको उद्धार गरिरहेको बताएको छ। घाइतेहरुलाई डडेल्धुरा अस्पताल डडेल्धुरा ल्याइँदैछ। बस सडकबाट १०० मिटर तल खसेको छ।





















