विदेशका जेलमा रहेका नेपालीलाई खुसिको खबर, सरकारले अब निशुल्क कानुनी सेवा दिने

6.88K
shares

काठमाडौं । विदेशको जेलमा रहेका नेपाली श्रमिकलाई सरकारले कानुनी सेवा दिने भएको छ। कतिपय श्रमिकहरू विना गल्ति समस्या भोगेको र कानुनी लडाई गर्न नसकेको भन्दै श्रम मन्त्रालयले यस्तो निर्णय गरेको हो। सोमबार वैदेशिक रोजगार प्रवर्द्धन वोर्डसहित सरोकारवाला निकाय सँगको छलफल पछि श्रममन्त्री गोकर्ण विष्टले यस्तो निर्णय लिएका हुन्।

यसका विषयमा कसरी काम गर्ने भन्ने विषयमा पूर्व–राजदूत उदयराज पाण्डेको नेतृत्वमा कार्यदल  समेत गठन गरिएको छ। कतिपय श्रमिकहरुले विना कारण विदेशी जेलमा दुख पाएका छन्, खर्चको कारण कानुनी लडाई लड्न नसकेकोले कानुनी सेवा दिने निर्णय भएको हो। विदेशका जेलहरुमा पाँच सय जना नेपाली रहेको श्रम मन्त्रालयले जनाएको छ। श्रम सचिव महेशकुमार दाहालले मलेसियामा एक सय ७१, कतारमा ५२, साउदीमा दुई सय १०, कुवेतमा ७० र बहराइनमा तीन जना नेपाली जेल जीवन वितार्इ रहेको बताए। उनले अब हरेक महिना तथ्यांकहरु सार्वजानिक गर्ने समेत बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083