को हुन् रुपा सुनारको मुद्दा दर्ता गर्न नमान्ने इनिस्पेक्टर सुवेदी ? यस्तो छ सुवेदीको रामकहानी

12.84K
shares

‘जो अगुवा, उही बाटो…’ भएपछि कसको के लाग्छ र ? महानगरीय प्रहरी बृत्त सिंहदरवारमा कार्यरत इनिस्पेक्टर विक्रम सुवेदी नै कानुन उल्लंघनका पात्र बन्दा छुवाछूत जस्तो जघण्य अपराधको मुद्दा दर्ता गर्न पनि निक्कै धौँ धौँ परेको छ ।

रुपा सुनारलाई छुवाछूत गर्ने प्रधानलाई कारवाही गर्न कांग्रेसद्धारा माग

रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिने घरबेटी विरुद्ध मुद्दा दर्ता

रुपा सुनारले भनिन्, ‘कामीको छोरी’ भएकै कारण मैले काठमाडौंमा डेरा पाइनँ

इमेज टिभीमा कार्यरत रुपा सुनारले ‘कामीको छोरी हुँ’ भन्दा डेरा नदिएपछि कानुनी कारवाहीका लागि बिहीबार महानगरीय प्रहरी बृत्त सिंहदरबारमा उजुरी दिन पुगिन् ।

उनको एउटै मात्र माग थियो आफुलाई जातकै आधारमा कोठा नदिने सरस्वती प्रधानलाई कानुनी दायरामा ल्याउनुपर्ने । तर उनलै सजिलै मुद्दा दर्ता गर्न पाइनन्, अनेक प्रश्न तेस्र्याएर हैरानी दिइयो ।

उनलाई साथ दिन कानुन व्यवसायी, पत्रत्रकार र अधिकारकर्मी स्वतस्फुर्त रुपमा अनामनगर पुगेका थिए । सबैले उनको मुद्दा दर्ताको प्रश्न गरिरहेका थिए । झण्डै साँढे १२ बजे बृत्तमा पुगेकी सुनारलाई साँढे ४ घण्टासम्म झुलाइयो ।

पीडित सुनारले प्रहरीको विश्वासमा परेर सरस्वती प्रधानसँग भएको कुराकानीको अडियोसमेत सुनाइन् । तर, प्रहरीले सो अडियो सरस्वती प्रधानकै हो की होइन ? म्याच गराएर मात्रै मुद्दा दर्ता गर्ने अडान लियो । बृत्तमा हल्लिखल्ली नै मच्चियो ।

आखिर प्रहरीले मुद्दा दर्ता गर्न किन मानेन त ? पहिले मुद्दा दर्ता गरेपछि प्रमाण जुटाउनु पर्ने होइन र ? कान्तिपथ डटकमले सबै कुराको खोजी गर्न थाल्यो ।  प्रहरीले मुद्दा नै दर्ता गर्न नमान्नुको पछाडी कुनै कारण छ की भनेर खोजी गर्दा गर्दा मुद्दा फाँट हेर्ने इनिस्पेक्टर विक्रम सुवेदी नै दलित विरोधी रहेको प्रमाण भेटियो ।

सुनारको मुद्दा दर्ता गर्ने बेला बृत्तका डिएसपी हरिबहादुर बस्नेत मिटिङमा गएका बेला सुवेदीले दलित समुदायका अगुवा र पीडितलाई दिनभर रिङ्ग्याए ।

यस्तो छ सुवेदीको कालो कर्तुत
सुवेदी सिंहदरवार बृत्तमा आएको १६ महिना भइसक्यो १६ महिनाको अवधीमा उनले आफुभन्दा साना दर्जामा प्रहरीलाई मान्छे नै मान्दैनन् ।

यतिसम्मकी उनले आफुलाई विरोध गर्नेलाई जसरी पनि पावर देखाएर सरुवा गरिहाल्छन् । उनलाई सबैले दलित विरोधी मान्छन् । किनकी उनले बृत्तमा आएको केही समयमै डिउटीमै रहेका बलराम विकलाई कुटपिट गरेका थिए । जुन कान्तिपथ डटककलाई प्राप्त भिडियोमा पनि प्रष्ट देख्न सकिन्छ ।

डिउटीमै रहेका बेला बिकलाई कुटपिट गर्दा असई साजन डाँगीले छुट्याउन खोजे । उल्टै डाँगीमाथि नै जाइलागे । डाँडीले प्रतिकार गरेपछि डाँगीलाई सरुवा गरेर दाङ पठाइयो । प्रहरी जवान बिकलाई चाँही दबाएरै बृत्तमै राखियो ।

डिउटीमा रहेका बेला प्रहरी जवानमाथी हातपात गर्ने इनिस्पेक्टर सुवेदीलाई कारवाही नगरी थप जिम्मेवारी दिइपछि सिंहदरबार बृत्तमा लामो समय खैलाबैला नै मच्चियो ।

https://youtu.be/BLh_m3ipfnw


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083