सीमा सुरक्षा तथा सीमावर्ती राजश्व चुहावट नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८० चैत १ बिहीवार १९:१०
7.53K
shares
shares

काठमाडौ । सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यतामा ‘सीमा सुरक्षा तथा सीमावर्ती राजश्व चुहावट नियन्त्रण सम्बन्धी अन्तरक्रिया, २०८०’ सम्पन्न भएको छ ।

एपीएफ कमाण्ड तथा स्टाफ कलेजले प्रधान कार्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सीमा अपराध तथा सीमावर्ती राजश्व चुहावट नियन्त्रणमा केन्द्रित रहि सीमा व्यवस्थापन गरेर राजश्व चुहावटलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
































