डिआईजी अर्जुन चन्द ठकुरीले सम्हाले कर्णाली प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी

5.99K
shares

काठमाडौ । नेपाल सरकार तथा गृह मन्त्रालयको निर्णायानुसार नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेशले कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यालय प्रमुखको रूपमा काज सरूवा हुनु भएका डिआईजी अर्जुन चन्द ठकुरीले कर्णाली पुगेर आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

डिआईजी अर्जुन चन्दलाई नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली प्रदेश सुर्खेतका एसएसपी सन्जिव शर्मा दास र एसएसपी बीर बहादुर ओली, प्रहरी उपरीक्षकहरू, प्रहरी नायव उपरीक्षकहरू, प्रहरी निरीक्षकहरू लगायत जुनियर प्रहरी अधिकृत तथा जवानहरूले कार्यालयमा स्वागत गर्नुभएको थियो ।

स्वागत पश्चात प्रहरी नायव महानिरीक्षकले अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण ओलगरी सलामी ग्रहण गर्नुभई कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवम् पीडितमैत्री सेवा प्रवाह, अनुशासित, ईमान्दार, लगनशिल, कर्तव्यनिष्ठ भई काम गरी राम्रो आचरण व्यवहार प्रदशित गरी काम गर्न निर्देशन दिनु भएको थियाे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083