नेपाल वैदेशिक रोजगार व्यवसायी संघको सचिव पदमा केदारनाथ अधिकारीको उम्मेदवारी घोषणा
सचिव पदमा केदारनाथ अधिकारीको उम्मेदवारी घोषणा
वि.सं.२०८३ जेठ २३ शनिवार १२:५१
shares

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि केदारनाथ अधिकारीले सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। वैदेशिक रोजगार व्यवसायको सुदृढीकरण, व्यवसायीहरूको हकहित संरक्षण तथा संघको संस्थागत विकासलाई मुख्य एजेन्डा बनाउँदै उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
इम्पावर हन्टर एच.आर. सोलुसन प्रा.लि.सँग आबद्ध अधिकारीले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी तथा व्यवसायीमैत्री बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले संघभित्र प्रभावकारी समन्वय, व्यवसायीहरूको समस्या समाधान तथा सदस्यहरूको अधिकार र हित संरक्षणका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
उम्मेदवारी घोषणाका क्रममा अधिकारीले वैदेशिक
रोजगार क्षेत्र राष्ट्रको अर्थतन्त्रको महत्वपूर्ण आधारस्तम्भ भएको उल्लेख गर्दै यसको गरिमा, विश्वसनीयता तथा व्यवसायिक मर्यादा अभिवृद्धिका लागि सबै व्यवसायीहरूबीच सहकार्य आवश्यक रहेको बताए।
सचिव पदका उम्मेदवार अधिकारीले आगामी निर्वाचनमा सम्पूर्ण सदस्य तथा व्यवसायीहरूलाई आफ्नो पक्षमा मतदान गरी अत्यधिक मतसहित विजयी गराउन आग्रह गरेका छन्। उनले संघको संस्थागत सुदृढीकरण, व्यवसायीहरूको एकता तथा साझा हितका पक्षमा निरन्तर क्रियाशील रहने विश्वास व्यक्त गरेका छन्।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन २०८३ साल असार २४ गते हुने तय भएको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न पदका उम्मेदवारहरूले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।































