रास्वपा पदाधिकारीमा नयाँ नेतृत्व: सोबिता उपसभापति, विपिन महामन्त्री निर्वाचित

338
shares

१२ असार, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ। निर्वाचनबाट पाँच पदाधिकारी चयन भएका छन्।

महिला उपसभापतिमा सोबिता गौतम निर्वाचित भएकी छन्। उनले ७८९ मत प्राप्त गर्दै प्रतिस्पर्धी तोसिमा कार्कीलाई पराजित गरिन्। कार्कीले ५७२ मत प्राप्त गरिन्।

महामन्त्रीमा विपिन कुमार आचार्य ६७३ मतसहित निर्वाचित भएका छन्।

सहमहामन्त्री (खुला)तर्फ असिम शाह र हरि ढकाल विजयी भएका छन्। शाहले ४७१ मत प्राप्त गर्दा ढकालले ४१० मत ल्याएका छन्।

यस्तै, महिला सहमहामन्त्रीमा निशा डाँगी ७३७ मतसहित निर्वाचित भएकी छन्।

रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया जारी रहेको छ भने अन्य पदहरूको नतिजा पनि क्रमशः सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083