एकैदिन ७ हजार २०० रुपैयाँले बढ्यो सुनको मूल्य
वि.सं.२०८३ असार १९ शुक्रवार १२:३८
299
shares
shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ७ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १६५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ६१५ रुपैयाँ निर्धारण गरिएको छ।
बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ र चाँदी ४ हजार ४५० रुपैयाँ मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उकालो लागिरहेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार शुक्रबार एक औँस सुन ४ हजार १७९ अमेरिकी डलर र चाँदी ६२ अमेरिकी डलर मा कारोबार भइरहेको छ।






























