आईजीपी दान बहादुर कार्कीद्वारा नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ को उद्घाटन
वि.सं.२०८३ साउन २६ मंगलवार १५:०९
shares

काठमाडौ । नेपाल अटो मोबाइल इम्पोर्टस एन्ड म्यानिफ्यक्चरर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ आजबाट सुरु भएको छ । प्रहरी महानीरिक्षक दानबहादुर कार्कीले उद्घाटन गरेसँगै नेपाल मोबिलिटी एक्स्पो–२०२६ सुरु भएको हो ।
साउन ३१ गतेसम्म चल्ने नेपाल मोबिलिटी एक्स्पो–२०२६ गतवर्षभन्दा भव्य हुने संयोजक गौरव शारडाले बताएका छन् । उनका अनुसार एक्स्पोमा एकातिर चीनका राष्ट्रपतिले चढ्ने लक्जरी ब्रान्ड ‘हङसी’ पहिलोपटक नेपाली मञ्चमा उभिनेछ भने अर्कोतर्फ दर्जनौँ नयाँ विद्युतीय र हाइब्रिड सवारीले भविष्यको सडक कस्तो हुनेछ भन्ने चित्र देखाउनेछन् ।
साना ईभीदेखि प्रिमियम एसयूभी, स्मार्ट स्कुटरदेखि सिटी बससम्म एउटै छानामुनि उभिँदा भृकुटीमण्डप केही दिनका लागि केवल प्रदर्शनीस्थल रहने छैन, नेपालको बदलिँदो ‘मोबिलिटी’ इतिहासको साक्षी बन्नेमा नाइमा ढुक्क छ ।






















