सरिता गिरी राष्ट्रघाती हुन्, अब उनको नागरिकता र सांसद पद खारेज गर्नु पर्छ!

14.96K
shares
स
लेखक – श्याम रोक्का

श्याम रोक्का

सरकारले संसदमा दर्ता गरेको संविधा संशोधन बिधेयकविरुद्ध जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले संविधान संशोधन बिधेयकनै खारेज हुनुपर्ने भनी संशोधन दर्ता गराएकी छन् । यस कुराले पनि उनको नियत प्रष्ट हुन्छ।

लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छाप सम्बन्धी विधेयक खारेजको माग गर्नु र लिम्पियाधुरा कालापानी हाम्रो होइन भन्दै संसदमा कुर्लिने अधिकार सरिता गिरिलाई छैन।

संसदमा दिएको गिरीको पटक पटकको अभिव्यक्तिले नेपालको सार्बभौमसत्ता माथी आच पुर्‍याएको छ भने नेपाललाई भौगोलिक अखण्डता माथि आच पुर्‍याएको छ। नेपाल भारतमा गाभ्न दुस्साहस र अभिप्रायले संसदमा प्रतिनिधित्व गर्नु खेद जनक छ।

बाराको पथलैयामा सेनाको ब्यारेक राखेको, निजगढमा विमानस्थलको नाममा नेपाली सेनाको एयरबेस बनाउन लागेकोमा र नेपालले आफ्नो भुभाग समेटिएको नक्सा सार्वजनिक गर्दा भारतलाई भन्दा धेरै सरिता गिरी चिन्ता पर्नु यो भारतीय दलालको पराकाष्ठा हो। त्यसैले अब सरिता गिरिको नागरिकता र संसद पद नै रद्द गर्नु पर्छ।

सरिता गिरि जस्ता प्रवित्ती र पात्रलाई नेपाली नागरिकता दिएर संसदमा बोल्न दिनु भनेको भारतको प्रतिनिधित्वलाई स-सम्मान बोल्न दिनु हो र यो नेपालको दुर्भाग्य हो।

त्यसैले ‘अंगिकृत नागरिकलाई देशका महत्त्वपूर्ण पदमा किन राख्नु हुँदैन भन्ने कुराको बलियो प्रमाण’ यो गिरिको अभिव्यक्तीले प्रष्ट पार्छ । नेपाली भुमीलाई नेपालको होइन भन्ने जोसुकै भए पनि राष्ट्रघाती हो। त्यस्ता राष्ट्रघातीहरुको सांसद पद तत्काल खोस्नु पर्दैन ?

लेखक श्याम रोक्का अनेरास्ववियू केन्द्रिय सदस्य हुन् ।

पार्टीको निर्देशन पछि पनि सरिताले भनिन्- म ब्याक हुन्नँ


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083