‘प्रचण्ड राजनीति छलाङ मार्ने संस्था हुन्’
वि.सं.२०७६ वैशाख १० मंगलवार ११:५२
shares

भुमिराज अधिकारी
काठमाडौ। नेपाली राजनीतिमा प्रचण्ड एक नायक हुन् , विश्व राजनीतिमा उनी एक कहिल्यै नअस्ताउने तारा नै बन्न सफल भएका छन्। ‘विशेष गरी पुष्पकमल दाहाल प्रचण्डले एकता प्रयासलाई त्यती गम्भीरताका साथ नलिनु भएको भए, उहाँले फराकिलोपनका साथ ठूलो छलाङको आँट नगर्नु भए यो एकता हुने थिएन।’ राजनीति परीवर्तन हुने थिएन।
काठमाडौंको प्रज्ञा भवनमा आयोजित पार्टी एकता समापन समारोह तथा नेकपा स्थापनाको ७० औं स्थापना दिवसका सन्दर्भमा एक अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गरेको उपरोक्त टिप्पणीले नै नेकपाको एकतामा प्रचण्डको भूमिका कति निर्णायक थियो भन्ने प्रमाणपूर्ण पुष्टि भएको छ।
अग्रज पुष्पलाल श्रेष्ठहरुले देशमा जहानीया राणा शासन ढल्नै लागेको बेला २००६ सालमा स्थापना गरेको नेकपा २०७६ सम्म आई पुग्दा भने देशकै ठूलो पार्टी, देशकै सत्ताधारी पार्टी, देशकै मुख्य कम्युनिष्ट पार्टी र जनताले दुई तिहाई विश्वास दिएको पार्टीका रुपमा स्थापित भएको छ।
निश्चय नै एकता सहज काम होईन, र थिएन। फरक फरक धुव्रमा रहेका दुई वाम वीचको यो एकतालाई सार्थक बनाउन अर्का अध्यक्ष प्रचण्डको गम्भिरता, उदारता र छलाङ निणार्यक रहेको अध्यक्ष ओलीले नै जनताका सामु स्पष्ट पारे पछि के तथ्य स्पष्ट भएको छ की प्रचण्डले एकिकृत र ठूलो सत्ताधारी पार्टी बनाउने पुर्खा र पूर्वज पुष्पलालहरुको सपना पुरा गरे। यस अर्थमा पुष्पलाल लगायतका संस्थापक कम्युनिष्ट नेताहरुका असल उत्तराधिकारीका रुपमा प्रचण्ड नै प्रमाणित भएका छन्।
घरेलु वाम आन्दोलनलाई एकता र सत्ताको यो उम्दा उचाईमा पुरयाउन सधै राजनीतिक छलाङका लागि माहिर मानिने प्रचण्डले पछिल्लो पटक मारेको बाजी उनको राजनीतिक करिअरको महान सफलता मात्रै होईन, वाम आन्दोलनकै अर्को संगठित सफलता पनि हो। प्रचण्डको सफलता भनेको नै राजनीति सफलता हो।
प्रचण्ड एक व्यक्ति हुन् की प्रवृति वा संस्था भनी बहस गर्नेहरुका लागि फेरि पनि प्रचण्ड भूमिकाले प्रमाणित गरेका छन् की उनी छलाङ मार्ने संस्था हुन्, जसको छलाङमा सधै उपलव्धी र सफलता हात लाग्ने गर्छ। लोक जान्दछ, २०५० को दशक देखि नेपाली राजनीतिको केन्द्रीय पात्रका रुपमा उदाएका प्रचण्डले सत्तारुढ नेकपाको एकता प्रक्रिय सकिएको घोषणामा समकक्षी ओलीबाट पाएको प्रशंसा र सम्मानले नै प्रचण्ड छलाङ नेपाली वाम एकताको लागि पछिल्लो उच्च सफलता रहेको सत्य साबित गरी सकेको छ। यसैले यो वाम एकताका नायक प्रचण्ड हुन् भन्न कसैले कन्जुस्याँई गर्नु पर्दैन। यो तथ्य दिनको घाम जत्तिकै छर्लंग छ। सबै नेता कार्यकर्ता आम जनताले बुझेका छन्।
नेपालमा कम्युनिष्ट पार्टीले पार्टी स्थापनाको ७० औं वर्षगाँठ मनाउदै गर्दा सकिएको दुई ठूला वाम पार्टीको एकताले हसियाँ हथौडा अंकित साम्यवादी झण्डा नेपालमा फहराउने अग्रजहरुको सपना, संर्घष र योगदानलाई नयाँ उचाईमा पुर्याएकै छ। त्यसका लागि पनि ओलीले भने जस्तै प्रचण्ड छलाङ नै निर्णायक रहयो। अन्तत : उनी नै नेकपा एकताको प्रमुख नेता बन्न सफल भएका छन्।
ईतिहासको जगमा वर्तमानलाई निर्णायक र सफल बनाउन फराकिलोपनाका साथ गंभिर भएर छलाङ मार्ने प्रचण्ड पौरख यसै कारण ओलीबाट मात्रै होईन, अग्रज, पूर्वज र तमाम् पार्टी पंक्ति र शुभेच्छुक तथा समर्थकहरुबाट समेत प्रशंसित छ, रहि रहने छ। आम नेपाली जनताका भरोषायोग्य नेता यिनै प्रचण्ड हुन्।
सन् १९४९ को अप्रिल २२ बाट सुरु नेपाल कम्युनिष्ट पार्टीको सात दशक लामो ईतिहास धेरै घुम्ती, दोबाटो, उकाली ओराली र भञ्ज्यांग चौतारीहरु पार गरेरै यो बिन्दुमा आई पुगेको हो। ती सबै ईतिहासका सहज र असहज मोडहरुमा प्रचण्ड भुमिका र योगदान सधै रहयो।
खास गरी जनयुद्ध देखि शान्ती संझौता हुदै संविधानसभाको बाटोबाट प्रचण्डले पार्टीलाई एकताको अन्तिम उचाईमा आफै नेतृत्वमा पुर्याउन खेलेको भुमिका कै कारण प्रचण्ड सधै ईतिहासका नायक भैरहने छन्। यस अर्थमा पनि भन्न सकिन्छ कि प्रचण्ड राजनीतिका अग्रणी हस्ती नै हुन्।
ईतिहासको एकताको एउटा कोर्ष पुरा गरेर प्राप्त नायकत्वको गरिमा जोगाउन अब उनले अरु चुनौतिहरुको सामना गर्न सके भने त्यो नायकत्व अरु चम्किदै जाने कुरामा शायद कसैको विमति नरहला। यसरी अध्यक्ष ‘प्रचण्ड’ नेपाली राजनीतिमा मात्र होईन, विश्व राजनीतिमा नै उनी एक साझा संस्था हुन्।

















