‘म उतेजित थिएँ, हामीले प्लेनको शौचालयमै सेक्स गर्‍यौं’

9.07K
shares

एजेन्सी । कोही भन्छन्– भूत हुन्छ । कोही भन्छन्– हुँदैन । इंग्ल्याण्डको ब्रिस्टोल शहरकी ३० वर्षीया एमेथिस्ट रिल्मलाई कसैले भूत हुँदैन भन्यो भने उनले बेस्कन हप्काउने छिन् ।

किनभने, उनको दाबी छ– उनले आजसम्म २० जना भूतसँग शारीरिक सम्पर्क कायम गरि सकेकी छिन् ।

‘किशोरावस्थादेखि नै मैले भूतसँग शारीरिक संसर्ग गर्न थालेकी थिएँ,’ उनले बेलायती पत्रिका ‘द सन’सँग भनिन्, ‘अहिलेसम्म मैले २० जना भूतसँग शारीरिक सम्पर्क गरिसकेकी छु ।’

नौ महिनाअघि व्यापारको सिलसिलामा उनी अस्ट्रेलिया गएकी थिइन् । ‘विदेश जाने क्रममा हवाईजहाजमा मेरो नयाँ प्रेमीसँग भेट भयो,’ उनले भनिन्, ‘म अत्यन्त खुशी र उत्तेजित थिएँ । हामीले प्लेनको शौचालयमा सेक्स गर्‍यौ ।’

रिल्मल गत हप्ता आफूलाई भूत प्रेमीले बिहेको प्रस्ताव राखेको बताइन् । ‘परम्परागत रूपमा जसरी घुँडा टेकेर प्रस्ताव गरिन्छ, त्यसरी गरेको चाहिँ होइन,’ उनले भनिन्, ‘किनभने, उसको घुँडा नै छैन ।’

प्यारानर्मल (अपसामान्य) व्यवहार देखाउने रिल्मका अनुसार भूतसँग शारीरिक संसर्ग गर्दाको आनन्द अलौकिक हुन्छ । ‘भूतहरू औसत मान्छेभन्दा कामुक र सेक्समा पारंगत हुन्छन् , ‘उनले एक टेलिभिजन अन्तरवार्तामा भनिन्, ‘उनीहरूसँगको संसर्ग शरीर भन्दा माथि उठेको हुन्छ । मुख्य कुरो, म उनीहरूलाई देख्न सक्दिनँ ।’


divya collage
unigloble collage