बर्दियामा ११ वर्षे बालिका भारतीय नागरिकबाट बलात्कृत

5.28K
shares

गुलरिया । बर्दियाकी एक बालिका भारतीय नागरिकबाट बलात्कृत भएकी छन् ।

बढैयाताल–८ की ११ वर्षीया बालिका बाख्रा चराउन जंगल गएको बेला बलात्कारमा परेकी हुन् । उनलाई भैंसी चराउन जंगल आएका दुई जना भारतीयले बलात्कार गरेको एसपी मोहनप्रसाद मैनालीले जानकारी दिए ।

बलात्कार गर्नेहरुलाई एक घण्टाभित्रै पक्राउ गरिएको एसपी मैनालीले बताए । बलात्कारमा संलग्न व्यक्तिहरु १८ वर्ष मुनिका भएकाले उनीहरुको परिचय प्रहरीले गोप्य राखेको छ ।

‘पक्राउ परेकाहरु १६–१७ वर्षका छन् र उनीहरुले बलात्कार गरेको स्वीकार पनि गरेका छन्,’ एसपी मैनालीले भने, ‘उनीहरुमाथि आवश्यक कारबाही अगाडि बढाइएको छ ।’ पीडित बालिकाको स्वास्थ्य परीक्षण गराएको र उनको अवस्था खतरामुक्त रहेको बर्दिया प्रहरीले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083