सातै प्रदेशमा सुझाव संकलन गर्दै ‘कांग्रेसको राजनीतिक समिति’
वि.सं.२०७५ कात्तिक ३० शुक्रवार १३:३५
5.34K
shares
shares

काठमाडौं । नेपाली कांग्रेसको राजनीतिक समितिले सातवटै प्रदेशमा सुझाव संकलन गर्ने भएको छ ।
समितिको शुक्रबार बसेको बैठकले मंसिर २ देखि ६ गतेसम्म सुझाव संकलन गर्ने निर्णय गरेको हो । चार स्थानमा गरिने कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा स्वयंम उपस्थित हुनेछन् ।
महासमिति बैठकका लागि राजनीतिक प्रतिवेदन तयार पार्न बनेको समितिले संघीयता, धर्मनिरपेक्षता, समावेशिताका साथै सरकारको कामकारबाही र अन्य पार्टीलाई हेर्ने दृष्टिकोणबारे सुझाव लिने तयारी गरेको छ । मंसिर ७ गतेबाट भने समितिले राजनीतिक प्रतिवेदन लेखन थाल्ने निर्णय गरेको छ ।






























