वाइडबडी विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको पर्यटन मन्त्रीको स्पष्टोक्ति

5.95K
shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाईडबडी विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दावी गरेका छन्। मन्त्री अधिकारीले आफू मन्त्री हुनु अघि नै वाइडबडी विमान खरिदका लागि आवश्यक सबै प्रक्रिया पूरा भएकाले त्यसमा आफ्नो संलग्नता नभएको बताएका हुन्।

शुक्रबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सो विमान खरिदका सम्बन्धमा ठूलो आर्थिक अनियमितता भएको आशंका गर्दै समितिका सदस्यहरुले प्रश्न उठाएका थिए। त्यसको जवाफमा मन्त्री अधिकारीले सो विमान खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नरहेकोे स्पष्टिकरण दिए।

मन्त्री अधिकारीले आफू मन्त्री भएकाले विमान खरिद सम्बन्धि उठेका प्रश्नको जवाफ दिन भने नैतिक रुपमा पनि आफू तयार रहेको बताए। उनले सो विमान खरिदसम्बन्धि उठेका प्रश्नबारे समितिले उपसमिति बनाएर छानवीन गरोस् भन्ने आफूले चाहेको दाबी गरे। मन्त्री अधिकारीले सो विमान खरिद सम्बन्धमा समितिलाई छानवीन गर्न आफूले सबै कागजाग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।

मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमको भविष्य राम्रो रहेको उल्लेख गर्दै त्यस भित्रको कमी कमजोरीलाई लिएर कमजोर बनाउने कुरा भने आफूलाई सैह्य नहुने जिकिर गरे। उनले निगम व्यवस्थापन भित्र विकृति रहेको स्विकार गर्दै त्यसलाई सुधारको मार्गमा अघि बढाउन पनि समितिका सांसदहरु समक्ष पटक–पटक आग्रह गरे।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083