खुला राष्ट्रिय पुरुष भलिबलको उपाधि दुप्चेश्वरलाई

4.98K
shares

बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको आयोजनामा सम्पन्न ‘दोस्रो दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि आयोजक दुप्चेश्वर गाउँपालिकाले जितेको छ। दुप्चेश्वर गाउँपालिका–५ स्थित कल्याण माविमा सम्पन्न फाइनल खेलमा दुप्चेश्वरले सोसियल सर्भिस युथ क्लबलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेको खेल व्यवस्थापक विक्रम थापाले जानकारी दिए।

प्रतियोगिताको फाइनलमा दुप्चेश्वरले सोसियल सर्भिसलाई २५–२२, २५–२३ र २५–१४ को सोझो सेटमा हराएको हो। उपाधि जितेको टोलीलाई रु एक लाख २५ हजार र दोस्रो टोलीलाई रु ७५ हजार नगदसहित शिल्ड, पदक र ट्रफी कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले प्रदान गरे।

प्रतियोगिताअन्तर्गत शनिबार नै भएको खेलमा पञ्चकन्या गाउँपालिकालाई हराउँदै कालिका युवा क्लबले तेस्रो स्थान हासिल गर्यो। प्रतियोगितामा उत्कृष्ट खेलाडी विनोद चन्द घोषित भए। दुई वर्षअघिदेखि शुरु गरिएको दुप्चेश्वर कप खुला राष्ट्रिय पुरुष भलिबल प्रतियोगितालाई निरन्तर रूपमा राष्ट्रिय क्लब सहभागी गराएर पुरस्कार राशिसमेत वृद्धि गरी सञ्चालन गर्ने दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले बताए।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083