निर्वाचन नभएको भए मुलुक दुर्घटनामा जान्थ्यो : प्रचण्ड

3.02K
shares

काठमाडौं।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै सम्पन्न निर्वाचनलाई मुलुकको स्थिरताका लागि निर्णायक भन्दै त्यसको अभावमा देश ठूलो दुर्घटनातर्फ जाने खतरा रहेको बताएका छन्।

बुधबार प्रधानमन्त्री सुशीला कार्की सँग बालुवाटारमा भएको भेटमा उनले यस्तो धारणा व्यक्त गरेका हुन्। प्रचण्डले सुरुदेखि नै आफ्नो पार्टी निर्वाचनको पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै निर्वाचन अपरिहार्य भएको बताए।

“निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो, यसमा तपाईंले देखाउनुभएको साहस र मेहनत अत्यन्त प्रशंसनीय छ।”उनले भने।

भेटका क्रममा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पनि प्रधानमन्त्री कार्कीको नेतृत्वप्रति विश्वास व्यक्त गरेका थिए। उनले कार्की प्रधानमन्त्री बन्ने खबर सुन्दा राहत महसुस भएको तर पछि नआउने चर्चा चल्दा चिन्ता बढेको स्मरण गरे।

“तपाईं आउनुभयो भने संविधान जोगिन्छ, व्यवस्था सुरक्षित हुन्छ भन्ने विश्वास थियो,” नेपालले भने।

नेता नेपालले अव्यवस्थित अवस्थालाई सम्हाल्दै छोटो समयमै निर्वाचन सम्पन्न गर्नु ठूलो चुनौती भए पनि प्रधानमन्त्री कार्कीको इमान्दारिता र दृढताले सम्भव भएको बताए।

प्रधानमन्त्री कार्कीको निमन्त्रणामा भएको उक्त भेटमा नेकपाका शीर्ष नेताहरू नारायणकाजी श्रेष्ठ, वर्षमान पुन लगायत सहभागी भएका थिए।

 

 

 


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083