भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा जनकपुर आउने तयारी पुरा

7.23K
shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पहिलो दिनको कार्यक्रम आज तय भएको छ । प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैशाख २८ मा सिधै पटनाबाट जनकपुरस्थित बाह्रविघा मैदानमा आउने तयारी भैरहेको जनाइएको हो । विशेष हेलिकोप्टरबाट बाह्रबिघा मैदानमा उत्रने मोदीलाई संघीय मन्त्रीमण्डलका सिनियर प्रधानमन्त्री पछि दोस्रो वरियताका मन्त्रीले स्वागत गर्नेछन् ।

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओली पनि सोही दिन काठमाडौँबाट जनकपुर जाने कार्यक्रम छ । तर, उनी मोदीको स्वागत गर्न बाह्रविघा मैदानमा भने जानेछैनन् । उनी रामजानकी मन्दिरमा रहनेछन् । संघीय सरकारका मन्त्रीले जानकी मन्दिरमै दुई प्रधानमन्त्रीको भेटघाट गराउने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

२८ गते नै दुई प्रधानमन्त्रीले जानकी मन्दिरमा रामायण सर्किटको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि भने मोदी बाह्रविघा मैदानमै फर्किएर नागरिक अभिनन्दनमा सरिक हुनेछन् । उनलाई दुई नम्बर प्रदेश सरकारले नागरिक अभिनन्दन गर्ने जानकारी यसअघि नै दिइसकेको छ । नागरिक अभिनन्दनपछि मोदी सोही दिन काठमाडौं आउनेछन् । सल्लाहकार अर्यालका अनुसार दोस्रो दिनको कार्यक्रम भने तय भेैइनसकेको जनाएको छ ।