हुसेन हत्याको विरोधमा सडकमै शव राखेर बृहत प्रदर्शन

4.91K
shares

मोरङ । सुनसरीको दुहबी नगरपालिका ९ का महम्मद फिदा हुसेनको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै बिहीबार पनि प्रदर्शन भएको छ । बुधवार बिहान साढे ६ बजे दुहबी नगरपालिका ९ रनिगाउँ नजिकै नहरको डिलमा ५४ वर्षका हुसेनको गोली हानी हत्या भएको थियो ।

हत्यामा संलग्नलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयबासी बिहीबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन् । बुधवार मृतका आफन्त सहित सुनसरीका संसद पाँच बुदे माग राखेर आन्दोलनमा उत्रिएका थिए । मृतकका आफन्तले उठाएको माग सम्बोधन नभए सम्म शवको अन्तष्तुष्टि नगर्ने दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले जानकारी दिए । ‘हामीले हिजै सरकार समक्ष पाँच बुँदे माग बुझाएका छौं’, उनले भने ‘माग सम्बोधन नभए सम्म शवको अन्सन्तुष्टि हुदैन ।’

बिहानैदेखि कोशी राजमार्गको दुहबी बजार खण्डमा शव राखेर स्थानीयसबासी आन्दोलनमा उत्रिएको उनले जानकारी दिए । शवसहित स्थानीयबासी आन्दोलनमा उत्रिएपछि कोशी राजमार्गको दुहबी खण्डमा यातायातका साधन चलेका छैनन् ।

बुधबार स्थानीय प्रशासनसँग वार्ता भए पनि कुरा नमिलेपछि स्थानीय शवसहित आन्दोलनमा उत्रिएका थिए । बुधबार सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीमार्फत मृतकका आफन्त र सुनसरीका केही संसदले प्रधानमन्त्रीसमक्ष ५ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका थिए ।

२४ घण्टाभित्र अपराधीलाई पक्राउ गरी कानूनको दायरामा ल्याउनुपर्ने, मृतक फिदा हुसेनलाई सहिद घोषणा गर्नुपर्ने, राज्यले दिने राहत रकम तत्काल दिनुपर्ने, हुसेन कार्यरत विद्युत प्राधिकरणमा छोरालाई तुरन्त जागिरको व्यवस्था गर्नुपर्ने र गृहमन्त्री रामबहादुर थापा बादलको राजीनामा माग गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083