महासचिव ‘विप्लव’लाई सरकारसँग वार्ता गर्न दबाब

5.54K
shares

काठमान्डौ । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव लाई सरकारसँग वार्ता गर्न दबाब परेको छ। पार्टीका प्रभावशाली नेताहरूले महासचिव चन्दलाई सरकारसँग वार्तामा बस्न दबाब दिएका हुन्।

पोलिटब्युरो सदस्य तथा पूर्वीकमान्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्युरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न दबाब दिएका हुन्।

महासचिव चन्द भने तत्काल वार्ता गर्ने पक्षमा छैनन्। यद्यपि उनी सरकारको नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग प्रत्यक्ष अप्रत्यक्ष सम्पर्कमा छन्।

वार्ता पक्षधर नेताहरूले वार्ताका लागि तयार नदेखिए सरकारसँग वार्ताको पहल थाल्ने चेतावनी समेत महासचिव चन्दलाई दिएको पार्टी निकट स्रोतले बतायो।

‘१० वर्षको युद्धबाट हामीले के पायौं र के गुमायौं रु त्यसको पनि समीक्षा गर्दै वार्ता गर्नुको विकल्प छैन ।’ –पदम राई, पोलिटब्युरो सदस्य, नेकपा

एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशासहित चन्दको पार्टी हिंसात्मक गतिविधिमा संग्लग्न छ। वैज्ञानिक समाजवाद उसको राजनीतिक नारा छ। उक्त पार्टीलाई वार्तामा बोलाउँदा नआई हिंसात्मक घटनामा सक्रिय भएको र राजनीतिक नेतासम्मको हत्या योजना बनाएको खुलेपछि प्रतिबन्ध लगाउनुपरेको सरकारले बताउँदै आएको छ।

पार्टीमा सरकारसँग वार्ता गर्ने विषयमा बहस सुरु भएको पोलिटब्युरो सदस्य पदम राईले बताए। ‘सरकारले लड्न खोजेको हो भने हामीले पनि लडेर देखाइदिनुपर्छ।

आत्मसमर्पण गर्नुभन्दा लडेर खरानी हुँदा ठीक हुन्छ। कतिपय साथीहरू खरानीबाटै अर्को विद्रोह जन्मन्छ भन्नेमा हुनुहुन्छ। मेरो भनाइ यसरी सोच्नु भएन भन्ने छ। यसैमा पार्टीभित्र बहस चलिरहेको छ, राईले भने।

उनले निरन्तर संघर्षबाट जित्ने अवस्था नभएकाले वार्ताको विकल्पै नभएको बताए। ‘वार्ताको विकल्प छैन, हामी निरन्तर लडौंला, पार्टी राम्रो पनि बन्ला। तर जित्न सक्ने अवस्था छैन, राईले भने, ‘१० वर्षको युद्धबाट हामीले के पायौं, के गुमायौं रु त्यसको पनि समीक्षा गर्दै वार्ता गर्नुको विकल्प छैन।’ जनताबीच कम्युनिस्टहरू मिल्नै सक्दा रहेनछन् भन्ने सन्देश गएकाले वार्ताबाटै राजनीतिक सहमति खोज्नुपर्नेमा नेताहरुले महासचिव चन्दमाथि दबाब दिएका हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083