राष्ट्र बैंकले माग्यो अन्य बैंकसँग ठूला ऋणीको विवरण

9.4K
shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग ५ करोड रुपियाँ वा सो भन्दा बढी ऋण लिने ग्राहकको विवरण मागेको छ । बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई ५ करोडभन्दा बढी कर्जा लिने ग्राहकको विवरण जेठ १५ गतेसम्म उपलब्ध गराउन निर्देशन दिएको हो ।

कोरोना भाइरसले अर्थतन्त्रमा प्रभाव पारिरहँदा ऋणीहरूले सहुलियत माग गरिरहँदा राष्ट्र बैंकले भने बैंकहरूसँग ठूला ऋणीहरूको विवरण मागेको नेपाल राष्ट्र बैंक बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘अहिले ऋणीहरूले किस्ता चाहियो भनिरहेका छन् । त्यसकारण हामीले असली ऋणी को को रहेछन् रु कोरोनाले कस्तो प्रभाव पारेको रहेछ, त्यो बुझ्नलाई विवरण मागेका हौं ।’

उहाँले ऋणीले कर्जा तत्काल तिर्न सक्ने नसक्ने अवस्था हेरी राष्ट्र बैंकले के गर्न सक्छ अध्ययन गर्ने बताउनुभयो । उहाँले पाँच करोडभन्दा कम कर्जा रहेका ऋणीहरूको बारेमा बैंकहरूको डाटा अध्ययन गरिरहेको जानकारी दिनुभयो ।


divya collage
unigloble collage