पारिजात स्मृति केन्द्रले पारिजात सम्मान २०७४ को घोषणा

10.71K
shares

काठमाडौं । नेपाली साहित्यका परिचित पारिजात स्मृति केन्द्रले प्रसिद्ध साहित्यकार पारिजातको २४ औं स्मृति दिवसको अवसरमा पारिजात सम्मान (२०७४) को घोषणा गरेको छ। जस अनुसार पारिजात सिर्जना सम्मान (२०७४) बाट समालोचक डि.आर.पोखरेल, पारिजात संघर्षशील नारी सम्मान  महिला नेत्री अष्टलक्ष्मी शाक्य, पारिजात कला सम्मान  शान्त कुमार राई (मरणोपरान्त) पारिजात बाल साहित्य सम्मान (२०७४ बाट प्रभात सापकोटालाई सम्मान गरिएको थियो। उक्त कार्यक्रममा माननीय शिक्षामंत्री गिरिराजमणि पोखरेल, प्रतिनिधिसभा सदस्य रामबिर मानन्धर, प्रदेश सभा सदस्य वसन्त मानन्धर लगायतले सम्बोधन गरेका थिए। पारिजात नेपाली साहित्यमा निकै परिचित नाम हो। पारिजातले लेखेको उपन्यास शिरीषको फूल निकै चर्चित उपन्यास हो। पारिजातले २०१३ सालमा धरती पत्रिकामा आफ्नो कविता प्रकाशन गरेर आफ्नो साहित्ययात्रा सुरु गरेकी थिइन्। पारिजातको निधन २०५० सालमा भएको थियो। असंख्य कृति लेखेको भए पनि शिरीषको फूल उनको सबै भन्दा चर्चित उपन्यासको रुपमा परिचित छ ।