जेनजी आन्दोलन घटनाबारे प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन

416
shares

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै प्रदर्शन गरेको छ।

सोमबार ललितपुरको हरिहरभवनस्थित आयोगको कार्यालय नजिकै प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदर्शनकारीहरू आयोगको कार्यालयतर्फ अघि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो।

प्रदर्शनका क्रममा युवाहरूले “मानवअधिकार किन चूप?”, “सरकारसँग घुसपैठ भयो कि?”, “प्रतिवेदन किन लुकाइयो?” जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।

उनीहरूले भदौ २३ र २४ गते भएका घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक नगर्नु शंकास्पद भएको आरोप लगाउँदै सत्य बाहिर ल्याउन दबाब दिएका छन्।

आन्दोलनकारीहरूले प्रतिवेदन ढिलाइ गर्नुले जनविश्वास कमजोर बनाउने चेतावनी दिँदै तत्काल सार्वजनिक गर्न माग गरेका छन्।