भारततर्फ निकासी गर्न लागेको १५ केजी ३४० ग्राम अफिमसहित दुई जना पक्राउ

2.07K
shares

काठमाडौं । लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वर काठमाडौंले भारततर्फ निकासी गर्न लागेको अवस्थामा ठूलो परिमाणको अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले २०८३/०३/०७ गते बेलुका बाँसगढी नगरपालिका–३ बाट अफिमसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बर्दिया बढैयाताल गाउँपालिका–४ का ३० वर्षीय सन्तोष थारु मगर र बाँसगढी नगरपालिका–३ की ४२ वर्षीया मिना रोकाया रहेका छन्।

उनीहरूको साथबाट लागू औषध अफिम (चोप) १५ किलो ३४० ग्राम, दुई थान मोबाइल र नेपाली नगद रु. ३४ हजार बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मोतीपुर, बाँसगढी बर्दियामा बुझाइएको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ।


divya collage
unigloble collage