युगले सुम्पिएको जिम्मेवारी पूरा गर्न कामलाई गतिदिन प्रधानमन्त्रीलाई खनालको सुझाव

6.21K
shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि पनि आफ्नो गति र वेग बढाउन सुझाव दिएका छन्। बिहीबार रिपोर्टर्स क्लबले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले यस्तो बताएका हुन्।

मुलुक अब विकास र समृद्धि हुने कुरामा शंका नगर्न खनालले आग्रह गरे। ‘विकास र समृद्धि विल्कुलै सम्भव छ। देश अहिले ऐतिहासिक चरणमा प्रवेश गरेको छ। देशमा क्रान्तिको युगलाई, संघर्षको युगलाई, हड्तालहरुको युगलाई पारत गरेर यहाँसम्म आएका छौं। नयाँ संविधान बनायौं। संविधानबमोजिम निर्वाचन गर्यौं। अहिले तीन तहको सरकार निर्माण गरेका छौं। तीनै तहका सरकारका मुख्य काम भनेको नै यो मुलुकको विकास गर्ने हो।

आर्थिक रुपान्तरण गर्ने र देशलाई समृद्धितर्फ अगाडि बढाउने नै हो,’ उनले भने।उनले समृद्धिका पाइला भर्खरै चल्न थालेको र ती पाइलामा अझै बेग थप्न जरुरी रहेको बताए। ‘अझै गति थप्न जरुरी छ। अझै प्रभावकारिता थप्न जरुरी छ। तर, हामी त्यो दिशातर्फ अगाडि बढ्न थालिसक्यौं,’ उनले भने।

अहिले देश र सम्पूर्ण जनताले चाँडो भन्दा चाँडो विकास र समृद्ध चाहेको सुनाउँदै उनले भने, ‘सिँगो राष्ट्र अहिले सरकारले समृद्धिको लागि चाँडो काम गरोस् भन्ने चाहन्छ। हामी लामो समयदेखि गरिबीमा छौं। र, त्यो गरिबीबाट हामी मुक्त हुन चाहन्छौं। विभिन्न किसिमका बेरोजगारीहरु छन्। ती समस्या हल गर्नुपर्छ। परनिर्भरताबाट हामी मुक्त हुन चाहन्छौं। विभिन्न किसिमका रोग, व्याधहरु छन्।

तीबाट यो समाज मुक्त हुन चाहन्छ। चाँडो विकास होस्। नयाँ नयाँ परिवर्तनहरु ल्याओस भन्ने जनचाहना छ। जनचाहनाअनुसार काम गर्न र समृद्धि हाँसिल गर्नको लागि यो सरकारले अझै वेगका साथ काम गर्नुपर्छ। अहिलेको गतिले पुग्दैन् । त्यो भन्दा तिव्र गतिले अघि बढ्नुपर्छ । अझै तिव्रता र प्रभावकारिताका साथ काम गर्न सकियो भनेमात्रै युगले यो सरकारलाई बोकाएको उत्तरदायित्व पूरा गर्न सकिन्छ।

अहिले नेकपाभित्र अत्यन्तै नीतिनिष्ठ, सिद्धान्तनिष्ठ, विचारनिष्ठ, लक्ष्यनिष्ठ एकताको आवश्यकत्ता पनि उनले औंल्याए। उनले भने–नेकपाभित्र मात्रै होइन, प्रतिपक्षी दल र सम्पूर्ण राजनीतिक शक्तिकाबीचमा बृहत्त एकताको आवश्यकता छ। सिँगो राष्ट्रमा एकताको आवश्यकत्ता छ । एकतावद्ध भएर गयौं भनेमात्रै यो देश विकास हुन्छ । समृद्ध हुन्छ। पहिलो आवश्यकत्तापनि एकता हो । दोस्रो आवश्यकता पनि एकता हो। र, तेस्रो आवश्यकत्ता पनि एकता हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083